देशका धेरै भागमा डेंगुको संक्रमण बढ्दै गएको छ । यसको रोकथाम र नियन्त्रणका लागि अब सबै पक्ष लाग्नु जरुरी छ । किनभने फैलिरहेको प्रकोप रोक्न स्वास्थ्यकर्मीले मात्रै गरेको प्रयास प्रयाप्त नहुन सक्छ ।
त्यसकारण सम्पूर्ण जनप्रतिनिधि, समाजसेवी, महिला स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्यकर्मी, स्थानीय संघ संगठन लगायतका व्यक्तित्वहरुको सामाजिक परिचालन गर्न आवश्यक देखिन्छ ।
डेंगुका लक्षणहरु :
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५-७ दिनसम्म रहन सक्छ । ज्वरोको साथसाथै निम्न लक्षणहरु पनि देखा पर्दछन् :
असाध्यै टाउको दुख्ने ।
आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ।
ढाड जोर्नी तथा मांसपेशीहरु दुख्ने ।
शरीरमाविमिरा आउने ।
वाक्वाकी लाग्ने वान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने बेहोश हुने आदि जटिल लक्षणहरु पनि देखा पर्न सक्छ ।
रोकथामका उपायहरू :